राष्ट्रिय परिचय पत्र बनाउनका लागि आवश्यक कागजातहरु
२०७९-०५-१९
२०७९-०५-१९
नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
२. नागरिकतामा जन्ममिति नखुलेकाको हकमा जन्ममिति खुल्ने प्रमाण ।
३. नागरिकका प्रमाणपत्रमा उल्लेख भएको भन्दा फरक ठेगाना भएमा ठेगाना प्रमाणित गर्ने बसाईसराई वा बसोबास प्रमाणपत्र भएको कागज ।
४. नागरिकतामा पति/पत्नी नखुलेको हकमा विवाह दर्ता प्रमाणपत्र वा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पति पत्नी भएको प्रमाणित हुने कागज ।
५. नागरिकतामा अग्रेजीमा नामथर नभएमा भरसक अग्रेजी नामथर खुल्ने कागजात ।
६. विवरण पुष्टी गर्ने अन्य कागजातहरु आवश्यकता अनुसार जस्तै मृत्यु दर्ता, सम्बन्ध विच्छेद आदी ।
