न्यून व्यान्डविथ Invert Color A- A A+

सामाजिक सुरक्षा सम्बन्धि सेवा प्रदान गर्न हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने

11 महिना अगाडी

2081-04-08


सामाजिक सुरक्षा सम्बन्धि सेवा प्रदान गर्न हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सम्बन्धि नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१/०३/२७ को देहाय बमोजिमको निर्णय आवश्यक जानकारी एवं कार्यान्वयनका लागि अनुरोध छ ।
देहाय:
"नेपाल सरकार, मन्त्रिपरिषद् बाट मिति २०८१/०२/२४ मा सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य गर्ने निर्णय भई २०८१ साल असार १० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन भएकोमा देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ ठाउँमा बाढी पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपालीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकोले उक्त प्रयोजनको लागि हाललाई राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने ।"
See insights and ads
All reactions:
22
 
 
 

पछिल्लो अपडेट गरिएको : 2082-03-32 15:42:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दोलखा

Powered By: ProActive Developers