न्यून व्यान्डविथ Invert Color A- A A+

राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान - २०७९

2079-03-08

2079-03-08


राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट यस जिल्लामा राष्ट्रिय परियचपत्रको विवरण दर्ता अभियान मिति २०७९/०३/०१ गते देखी भीमेश्वर नगरपालिकाबाट सुरु भइ सबै नगरपालिका/ गाउँपालिका अन्तर्गत प्रत्येक वडाहरुमा संचालन हुने हुँदा आ-आफ्नो वडा कार्यालयमा निम्न कागजात सहित व्यक्ति स्वयम उपस्थित भइ विवरण दर्ता गराउनुहुन अनुरोध छ ।

निम्नः

  1. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
  2. नागरिकतामा जन्ममिति नखुलेकाको हकमा जन्ममिति खुल्ने प्रमाण ।
  3. नागरिकका प्रमाणपत्रमा उल्लेख भएको भन्दा फरक ठेगाना भएमा ठेगाना प्रमाणित गर्ने बसाईसराई वा बसोबास प्रमाणपत्र भएको कागज ।
  4. नागरिकतामा पति/पत्नी नखुलेको हकमा विवाह दर्ता प्रमाणपत्र वा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पति पत्नी भएको प्रमाणित हुने कागज ।
  5. नागरिकतामा अग्रेजीमा नामथर नभएमा भरसक अग्रेजी नामथर खुल्ने कागजात ।
  6. विवरण पुष्टी गर्ने अन्य कागजातहरु आवश्यकता अनुसार जस्तै मृत्यु दर्ता, सम्बन्ध विच्छेद आदी ।

पछिल्लो अपडेट गरिएको : 2082-03-32 15:42:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दोलखा

Powered By: ProActive Developers